BTTM 20th Batch Adventure Tourism
आज २०८२/३/३ गते,
BTTM 20th ब्याचका विद्यार्थीहरूसँग Adventure Tourism को कक्षा लिन म नाथम गए। एक पटक पछि फर्के हेर्दा मनमा एक छुट्टै अनुभूति भएको थियो - भर्खर नाथममा पढाउन सुरु गरेको जस्तो लाग्थ्यो, तर आजसम्म ४ वटा ब्याच पुगि सकेछन् (17th, 18th , 19th र 20th सबैमा मिठो सम्झना छ)। समय कति बेला बित्यो, थाहै भएन मलाई।
पढाउनु भनेको मेरो लागि ज्ञान बाँड्ने माध्यम मात्र होइन, आत्मासँग जोडिने अनुभव हो - नयाँ पुस्तासँग संवाद गर्ने, सिकाउने र आफैं पनि केही नयाँ सिक्ने अवसर हो। आज मैले कक्षामा जादा म सँग नयाँ सोच लिएर गएकै थिएँ। पहिला जस्तो खाली Laptop and PPT होइन, यो पटक Laptop नबोकेर गएँ Different Mood मा।
![]() |
NATHM |
साथै आज मैले Academic Writing - SAFER पनि सिकाएँ मेरो गुरुदेव 🙏 प्रा डा जिवलाल सापकोटा बाट लिएको ज्ञान किनकि हाम्रो शिक्षा BTTM मा Academic writing/ Research सिकाउने र University को syllabus मा छैन यसको महत्व मलाई थाहा छ मैले त्यही भएर सिकाएँ मेरा New Students लाई।
यो ब्याच (20th) को मेरो Theme हो: Critique, Creative, and Research।
अघिल्लो ब्याचमा भने म सफल हुन सकिनँ जस्तो लाग्छ किनकि मेरो Theme थियो 'किताब र अध्ययन' कति विद्यार्थीहरूलाई मैले यो यो किताब पढ्नुहोस् भने र दिएको र पुस्तकालय गएर पढ भने, कोहि गएर यो यो गरे, पढे भन्ने कुनै मनुवाको नाम पनि याद छैन कोहि हुनुहुन्थ्यो कि त्यो मलाई थाहा भएन यदि हुनुहुन्छ भने मलाई Message or तल Comment गर्नुहोला अघिल्लो ब्याच (C & D)
आज, मैले दुवै सेक्सनलाई आफ्नो परिचय लेख्न ५-५ मिनेट को समय दिएँ। सबैले लेखे - कोहीले अलि अलि, त कोही गहिरिएर आफ्नो भाव पोखेर लेख्नु भयो। त्यो सहभागिता नै मेरो लागि प्रेरणा हो। अब मलाई विश्वास छ कि पर्यटनमा हाम्रो पुस्ताले नेतृत्व लिनसक्ने एउटा सम्भावनाको बाटो बनेछ त्यो पनि नयाँ सोच, नयाँ शैली, र नयाँ यात्रा र अनुभवले मात्र हामीले फरक ल्याउन सक्छौं। यसको लागि म पनि काम गर्ने छु तपाईंहरू सँगै है। आजको दिन साँच्चै प्रेरणादायक र फलदायक रह्यो - शिक्षक भएर, सहयात्री भएर, र एक सिक्ने व्यक्ति भएर। 💫🙏 जय पर्यटन!
#NATHM
#BTTM20thBatch
#Tourism #Upadeshkunwor
#TourismEduction #BTTM #eductor
#Blogger #नाथम #TU
Comments
Post a Comment