Monday, March 9, 2020

फागु पूर्णिमा वा होली


शिशिर ऋतुुुको  समाप्ति र वसन्त ऋतुको आगमन सँगै मनाइने रमाइलो पर्व हो फागु (#होली )। #वसन्तोत्सव, #ढुरहेरी, #होरी, होली, #फाल्गु, #फागुपूर्णिमा, #मदनोत्सव #पटवास_विलासिनी आदि विभिन्न नामले परिचित रङ्गीन हर्षपरक पर्व नै फागु(#होली ) हो।


मिमासा दर्शन, लिङ्गो र वराह पुराणमा पनि फागुपूर्णिमाको उल्लेख छ। फाल्गुन शुक्ल अष्टमीको दिन चीरोत्थान गरेर ८ दिनसम्म यो पर्व मनाउने चलन काठमाडौंमा छ। तराई-मधेसका  प्राय: सम्पुर्ण समुदायको दाजुभाई दिदीबहिनीहरु हर्ष उल्लास सहित सहभागीता हुन्छन्। तराई-मधेसमा पहाडको होली भन्दा एकदिन पछि यो पर्व मनाउने परम्परा रहेको छ। यस पर्वमा हर्ष सहित रङ्गीन पानी छ्याप्ने, अबिर हावामा उडाउदाँ वातावरण नै  रोमान्चित हुन्छ, सुगन्धित चुुुुर्ण दलेर मनोरञ्जन गर्ने, रसिक गितहरु र भगवानको भजन गाउने चलन छ।

पौराणिक आख्यान, स्थानीय विश्वास, मनोरञ्जन र पर्यावरण सम्पुर्ण सँग कुनै न कुनै रुपमा फागु पर्व गाँसिएको छ। आयुर्वेदले। चन्दन, अमला, बेसार, मेहेन्दी, मह, दही, साथै विभिन्न माटोको लेपनलाई गुणकारी पदार्थको रुपमा ब्याख्या गरेको छ। फूल, पात, बोक्रा, जरा, र विभिन्न खनिजलाई विविध ढङ्गले पकाएर, सुकाएर त्यसबाट बनेका सुगन्धित रङ्गलाई उत्सव अनुसार प्रयोग गर्ने विधि आयुर्वेदले सिकाएको छ। 
हर्ष प्रकट गर्न सिन्दुरे जात्रा गर्ने परम्परा निकै प्राचीन मानिन्छ। आपत्-विपत् बाट सकुशल उम्केर फर्केपछि वा विशेष दक्षता, खुसी प्रदर्शन गरेमा वा प्रशंसनीय कार्य गरेमा गालामा सिन्दुर दलेर वा हावामा विभिन्न रङ्गहरू उडाएर हर्ष प्रकट गर्ने प्रचलन पनि छ।



राष्ट्रको पहिचानको लागि विभिन्न चाडपर्वको गरिमा अग्रणी रहन्छ जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने साथै पर्यटनको विकासका लागि सहयोग गर्दछ। तर यसमा विकृति मौलाउन दिनु हुदैन फागु पर्वलाई अभिसाप होइन वरदानका रुपमा आ-आफ्नो घर आँगनमा स्वागत गर्ने वातावरण सिर्जना हुनुपर्दछ। 
 #शुभ_होली_२०७६