सम्झनाको फोन : शिक्षादेखि सम्बन्धसम्मको यात्रा

२०८२/३/४ गते दिउँसो १ बजे पुरानो साथीको मेसेज आयो।
 मैले "नमस्ते सर" भन्दै रिप्लाई गरेँ। त्यसपछि उहाँले सन्चो बिसन्चो सोध्नुभयो, अनि कुराकानी विस्तारै हुदै गयो। उहाँले "फोन गर्छु" भन्नुभयो, मैले "हस्" भनेँ। त्यसपछि व्यापार, व्यवसाय, पर्यटन र शिक्षाको कुराकानी भयो। अन्त्यतिर पुग्दा उहाँले मलाई सम्झेर +२ पढाउँदाको समयको कुरा उठाउनुभयो - पैँसाको कुरा के? जे-जे कुरा भए, सबै उहाँले भन्नुभयो।मैले लिएको भने ४ हजार पोखरा जाँदा भने। मैले त्यसबेला लेखेको अन्तिम इमेल पनि उहाँहरुले पढेको भन्नु भयो तर मलाई कहिले रिप्लाई दिनु भएन् त्यस समय मै रिप्लाई वा फोन गरिदिनु भएको भए मलाई तनाव त हुदैँन थियो होला नि! हेरेको र मेरो मेसेज इमेल पढेको सुने पछि मलाई ऋषि दुर्वासा हुन् मन लागेको थियो म परे नाथे मनुवा!कलेजको नाम उल्लेख short form मा गरेको छु, तर कथा सबै छ मैले लेखेको इमेल हेर्नुहोस् है। मैले त्यहाँ कमाएको पैसाभन्दा धेरै ठूला सम्पत्तिहरु पाएको छु — साथी/दाइ मोहन सर, मित्रहरू जुलान र प्रवेश, अनि मेरा प्रिय विद्यार्थी भाइबहिनीहरू, र जिवन ज्ञान 😃! पढेर नजानेको शिक्षा पाएको त्यो क्षण वाह म सधैं सँगै रहनेछ। म पैसा आउँछ भनेर अपेक्षा पनि गर्दिन, आयो भने लिँदा मनबाटै खुसी पनि हुन्न् तर माता लक्ष्मीको सधैं सम्मान गर्छु। सर, सम्झेर फोन गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏
 
Dhampus at 2023 AD with +2 Students 
upadesh kunwar Sat, May 11, 2024, 8:48 AM to o.....hsscollege 

 नमस्कार 🙏, म उपदेश कुँवर, यस college को एक भुतपूर्व शिक्षक Tourism and Mountaineering भन्ने subject २०७९/७/१७ गते देखि २०८० जेष्ठ १५ गते सम्म पढाउँथे। त्यस समयमा ११/१२ कक्षा पढाउँथे ती students अहिले bachelor पढ्दै होलान् र ११ पढ्ने १२ को परीक्षा दिएर बसेका होलान्। तर मैले पढाएको समयको मेरो रगत पसिनाको मुल्य अहिले सम्म आएन्। मलाई फेरि पढाउन आउनु हुन्छ भनेर पनि नडाकि अर्को शिक्षक खोजेर पढाउनु लगाउनु भयो। ठिकै छ भने अब मेरो पैसा आउछ भनेको आएन् । म जस्ता शैक्षिक बेरोजगार (Master degree completed ) व्यत्तिलाई सितैमा काम लगाउने शैक्षिक संस्था O.....I...., College रहेछ भन्ने ज्ञान २ वर्ष पछि थाह हुदैछ। समयमा पाएको धन वा आवश्यकता परेको समयमा दिनुभएको भए यस्को महत्व छुट्टै हुने थियो। किनकि मैले कहिले पैसा चाहियो भनिन् २ वर्ष सम्म पनि साथै ६ महिना पढाउने समयमा एक दिन मलाई पैसा चाहियो भनिन् अहिले पनि Account department कहाँ छ थाह छैन मलाई, कर्म गरेको छु फल आउछ भन्ने बिश्वासको साथ बसे मेरो विश्वास बाँकी रहेनन् त्यसकारण email र message गरे कहिले जवाफ आएन। कृपया सक्नु हुन्छ भने मेरो personal expenses कलेज जाँदा आउँदाको ६ महिनाको खर्च दिनुहोला लगभग २४/२५ हजार सकिएको छ यो मेरो दुख गरेर कमाएको धन गएको छ। म एक किसानको छोरा हुँ मेरो घरमा यति दुख गरेको भए यहाँ दुई गुणा आर्थिक लाभ हुन्थ्यो बाबा आमा खुसी हुन्थे। ज्ञान बाँड्छु भनेर हिडे ज्ञान पाए मैंले 🙏 मेरो खुन र पसिना को मुल्य दिए दिनुस् नदिए नदिनुस् ।

 यो मेरो email तपाईको सम्बन्धित निकाय Principal sir, Account Department र त्यस समयको +२ coordinator जुलान लामा र प्रबिन शाही लाई पनि दिनुहोला। अब, मैंले तपाईहरुलाई Email र Facebook मा message लेखे भने मलाई नै लाज लाग्छ। त्यसकारण म तपाईहरुका लागि यो मेरो अन्तिम email लेख्दै छु। म कुनै समय यो कलेज पढाउँथे त पक्का भन्छु गर्वको साथ किनकि ज्ञान बाड्न सुरुवात गरेको कलेज हो मेरो जिवनको त्यसकारण। र कहिले पनि नभुलिकन मेरो खुन पसिना चुसेको साथै भन्नेछु। अन्तमा, उत्त समयमा मलाई सहयोग गर्नुहुने, नविन दाई, मोहन सर, जुलान सर, प्रवेश सर साथै सम्पुर्ण शिक्षक शिक्षिका, students , mgmt team सम्पुर्णमा मेरो धेरै धेरै धन्यवाद साथै मिठो सम्झना। तपाईहरुको कलममा सरस्वतीले बास गरुन्। Regards, 
Upadesh Kunwar

 यो इमेल मैले लेखेको थिए।

Comments

Popular posts from this blog

Monsoon Trek Diary- Ambassador Himalaya Treks & Expedition

BTTM 20th Batch Adventure Tourism

Summer Fiesta 2025 : A Memorable Journey to Chitlang with NATHM