भक्तपुर नगरपालिका र पर्यटन
२०८२/२/१२ सोमबार
समय : १६:००-२०:०० सम्म
भक्तपुरका परम्परागत सांस्कृतिक नाचगानहरूलाई समर्पित गर्दै जगदीश शमशेर राणाले ‘नाचगानको राजधानी भक्तपुर’ भन्ने पुस्तक लेखेका छन्।
हिजोको छलफलपछि नयाँ साथीहरू बनाइयो, कुराकानीमा रमाइयो, रातको खाना खाएर सहर फर्कंदा ९ बजिसकेको थियो। निन्द्रामा गइसकेपछि आज बिहान सामाजिक सञ्जालमा लेख्न थाल्दा भक्तपुर नगरपालिकाबाट प्राप्त कोसेली सम्झिएँ।
त्यो हेरेपछि लाग्यो – म त शून्य थिएँ! भक्तपुरलाई बुझ्न ती कोसेलीहरू पढ्नु जरुरी रहेछ। तीमध्ये एउटा पुस्तक त पहिले पनि पढ्ने मौका पाएको थिएँ, तर पछि फर्काउनु परेको थियो भन्ने याद आयो।
यी सम्पूर्ण उपहारहरू र पर्यटन प्रवर्द्धनको निम्तोका लागि भक्तपुर नगरपालिका, मेयरज्यू, वातावरण तथा पर्यटन समिति प्रमुखज्यू, भक्तपुरका साथीहरू, NTDEA का अध्यक्षज्यू (जसले प्रतिनिधि बनाइदिनुभयो), तथा NTDEA सचिव भरत तिमल्सिना सर र चालक भाई विकास प्रति मेरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। धन्यवाद जय पर्यटन
1. Souvenir – Bhaktapur Festival 2024
2. सञ्चार माध्यममा भक्तपुर नगरपालिका
3. Bhaktapur Insight: A Cultural City
4. २०७२ को भूकम्पपछिको पुनर्निर्माणको एक दशकको पुनरावलोकन
5. ख्वप नगरपालिका व जनश्रमदान दानय् धुंकगु लक्ष्मी नरसिंह देग: उलेज्याया झ्वलय्
Comments
Post a Comment