कावड यात्रा, गंगाजल, बेलपत्र, धतूरो, भस्म र रुद्राभिषेकको वास्तविक रहस्य
अघिल्लो भागमा हामीले चन्द्रदेवको श्राप , भगवान शिवको कृपा , श्रावण सोमबारको सुरुवात तथा माता पार्वतीको कठोर तपस्याबारे विस्तृत रूपमा बुझ्यौं। अब यस भागमा श्रावण महिनाका सबैभन्दा चर्चित धार्मिक परम्पराहरू कावड यात्रा , गंगाजल अर्पण , बेलपत्र , धतूरो , भस्म र रुद्राभिषेक पछाडिका पौराणिक कथा र आध्यात्मिक अर्थबारे चर्चा गर्नेछौं। कावड यात्रा किन गरिन्छ ? श्रावण महिना सुरु भएसँगै नेपाल र भारतका विभिन्न शिवधामहरूमा भक्तजनहरूको ठूलो भीड देखिन्छ। धेरै भक्तजनहरूले टाढा – टाढाबाट जल बोकेर भगवान शिवलाई अर्पण गर्न पैदल यात्रा गर्छन्। यही धार्मिक यात्रालाई कावड यात्रा भनिन्छ। कसैले केही किलोमिटर हिँड्छन् भने कसैले सय किलोमिटरभन्दा बढी दूरी पनि पार गर्छन्। कतिपय भक्तजनले गंगाजल बोकेर यात्रा गर्छन् भने कतिपयले साधारण पानीमा केही थोपा गंगाजल मिसाएर शिवलिङ्गमा अर्पण गर्ने परम्परा पालना गर्छन्। तर प्रश्न उठ्छ- भगवान शिवलाई जल किन चढाइन्छ ? यसको उत्तर गंगाको पृथ्वीमा...