प्रकृतिले दिएको उपहार: भुन्डोल फर्पिङ

यो घुमफिर निर्जला एकादशीको दिनको हो , आजभन्दा झण्डै एक महिना अगाडिको कुरा। हामी चार जना साथिहरु, अलिक व्यस्त जीवनको बिचबाट समय निकालेर, आत्मीय यात्रामा निस्किएका थियौं।


त्यो दिन शनिबार थियो, युनिभर्सिटीमा थिएँ , काम अनि पढाइमै व्यस्त। अचानक साथी केदार आयो मलाई लिन। अनि सुरु भयो हाम्रो Southern Kathmandu यात्रा, योजना-  फर्पिङ हुँदै भुन्डोल पुग्ने रहे पुगेपछी थाह भायो मेरो    कुनै खास तयारी थिएन,   planning -बस एक-अर्काको साथ, रमाइलोको भावना, र प्रकृति प्रति हाम्रो मोहले अगाडि बढायो घुमफिर त्यो क्षणमा बल्ल थाहा भयो - हामी कति समयदेखि यसरी खुलेर हाँसेका, घुमेका र एक-अर्कासँग समय बिताएका रहेनछौं प्रकृतिको काखमा

Our first destination!

फर्पिङ हुँदै भुन्डोल पुग्गेको, म त from bike parking २० मिनेटजति हिँडेपछि त्यो प्रकृतिले जंगलको बीचमा लुकाएर राखेको खुला चौउरामा पुगेँ। वाओ! कति सुन्दर! साँच्चिकै अनमोल उपहारजस्तो लाग्यो त्यो हरियालीले भरिएको चौउरालाई।त्यो स्थानको सौन्दर्य वर्णन गर्न मेरा शब्दहरू नै अपुग लागे। जुन शान्ति, जुन ताजगी त्यो ठाउँले दिन्छ, त्यो अनुभव शब्दमा उतार्न सकिँदैन।यो ठाउँ विभिन्न हाइकिङ रुटहरू जस्तै चम्पादेवी, डल्लु, फर्पिङ सँग पनि जोडिएको रहेछ।यसले यो स्थानलाई अझ रोचक बनाएको छ। यो Meditation and Wellness Tourism (ध्यान र वेलनेस) का लागि अत्यन्तै उपयुक्त ठाउँ रहेछ - शान्त, हरियाली र आत्मासँग संवाद गर्न सक्ने ठाउँ।त्यो प्रकृति, त्यो शान्त वातावरण साँच्चै मन छुने थियो।

तर, हामीलाई त्यो ठाउँ त्यति आकर्षक लागेन तर जब पुग्यौं, त्यहाँका Domestic Tourists देख्दा लाग्यो - this place is a perfect outdoor activity spot र प्रकृतिसँग connect हुने ठाउँ।Nepali दाजुभाइ, दिदीबहिनीहरू, कोही students’ group, कोही love birds, कोही hiking teams, अनि गुम्बाका केटाकेटीहरू सबैको उत्साह देख्दा म एक पर्यटन शिक्षक र पर्यटन व्यवसायीको रूपमा सन्तोषको महसुस गरें।साथै, हामी कतिको सचेत  अनुशासित visitor हैँ भन्ने एक गम्भीर प्रश्न यस्ता गन्तव्य जाँदा देख्छु जस्तै बाटो हिड्दा गित बजाउदै त्यो पनि Speaker मा,  बा! Nature सँग रमाउन गएको तपाई हामी प्रकृति सँग नजिक  हुनुस् ! चराको चिरबिर, हावाको शितल झोका , पानीको कलकल आबाज, बोटबिरुवाको भलाकुसारी सँग कहिले रमाउन सिक्ने ?? अनि, लिटरिंग, बियरका बोतल, चाउचाउका खोलयत्रतत्र ! के तपाई हामी यस्तै गर्न गएको हो ?

खै  आन्तरिक पर्यटकहरुको जिम्मेवारी,सामाजिक सन्जालका लागि मात्र जाने  फोहोर गर्ने हो  गन्तव्यहरुमाSeriously? Are we going to nature for peace or to create pollution? Think about it. Where are we heading with all the talk of sustainable tourism, responsible tourism, and regenerative tourism? When you travel, let it transform you your mindset, your habits, and your connection with nature. Travel in a way that also inspires your friends. Let your journey be meaningful - for you, for others, and for the places you visit.

मलाई त्यहाँ बस्न  लागेन हामी त्यो चौउर भन्दा केही माथि गयौ  Meditation गरेर बसे , जहाँ complete silence थियो।जहाँ थियो  केवल: हावाको शीतलता, चराहरूको चिरबिर, बोटबिरुवाहरुको संवाद... That moment connected me deeply with nature. मलाई प्रकृति, संस्कृति  हिमाल औधी मन पर्ने  कुराहरु हुन।त्यो दिन देखिएको youthful hiking spirit ले नयाँ पुस्ताको travel culture देखायो - जुन हाम्रो भविष्यको पर्यटनको लागि आशा हो। पछि हामी Same hikig trails use नगरी अको trails फर्केका थियौं। बाटोमा काफल २०८२ का अन्तिम फल रुख चढेर खायौं।बडो मजा आयो।

एउटा घर छेउ पुग्दा, आमाले बेच्न राखेको आलुबखडा (plum) आफैँ टिप्न दिइन्। मैले पनि रु १०० को किनें१०/१५ केजी बेचेर  आर्को १० केजि टिपि दिएर आएको  - आयो ताजा-ताजा फल लिनुस लिनुस रु ७० को  किलो बिटबाट टिप्दै गरेको ! त्यो simple support to local people मलाई आफ्नै आमाबुबालाई सघाएको झैं लाग्छ  घरै पुगेको महसुस हुn ।त्यसपछि फर्पिङतिर लाग्दा चोकमा traffic checking थियो। साथीले fine तिर्यो -license bluebook घरमै छुटेको रहेछ। Nagarik App पनि खुलेन Lesson learned:  साथी अब कागज साथमै बोक्नुस है।

हामी त्यसपछि अर्को exploration spot गयौं Rock Lodge। त्यहाँ एकान्त, Nepali traditional house, आमा, organic fruits (kiwi, aap, honeybee, flowers) अनि चार कोठे homestay-style operation। Foreigners पनि stay गर्दारहेछन्। आमासँग sweet talk गर्यौं, रमाइलो गफ भयो। मलाई त्यो घर, वातावरण, simplicity energy सबै मन पर्यो। 

अन्त्यमा, शेषनारायण, तैदह, चोभार हुँदै, साथीले मलाई मेरो घरनजिकै छोड्यो।
यस हप्ताको घुमफिर सकियो। तर मनमा रह्योप्रकृति, मित्रता र मौनताको त्यो अमूल्य अनुभूति।

#upadeshkunwor

#ambassadorhimalaya #travelblogs 

Comments

Popular posts from this blog

Monsoon Trek Diary- Ambassador Himalaya Treks & Expedition

BTTM 20th Batch Adventure Tourism

Summer Fiesta 2025 : A Memorable Journey to Chitlang with NATHM