इन्द्रजात्रा 2022

इन्द्रजात्रा इन्द्रजात्रा मा विशेषः काठमाण्डौँ उपत्यकामा इन्द्र देवताको उत्सव मनाउन गरिने इन्द्रध्वजोत्थापन, लाखे नाच, रथयात्रा यास्ता विभिन्न क्रियाकलाप हरु यस जात्रा हुने गर्दछ । इन्द्रजात्रा काठमाण्डौँमा विशेष धुमधामसित मनाइन् छ भने ललितपुर र भक्तपुर पनि जात्रा गरिन्छ । यो जात्रा भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिन चल्दछ । द्वादशीका दिन हनुमान्ढोकाको अगाडि लिङ्गो / इन्द्रध्वजोत्थापन गरिन्छ। इन्द्रध्वजोत्थापनको अर्थ इन्द्रको ध्वजालाई उठाउनु भन्ने हो । यस दिन र अरू दिन पनि देवदेवीहरूको प्रदर्शन , विभिन्न सांस्कृतिक नाचगानको आयोजना र दीपावलि गर्ने गरिन्छ । चतुर्दशीमा कुमारीको रथयात्रा गर्ने परम्परालाई मल्लकाल देखि चल्दैआए को छ । Aakash Vairab, Indrachok जयप्रकाश मल्लले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो 'जीवित देवी श्री कुमारीको रथयात्रा' । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ ...