इन्द्रजात्रा 2022

 इन्द्रजात्रा

Aakash Vairab, Indrachok
इन्द्रजात्रामा विशेषः काठमाण्डौँ उपत्यकामा इन्द्र देवताको उत्सव मनाउन गरिने इन्द्रध्वजोत्थापन, लाखे नाच, रथयात्रा यास्ता विभिन्न क्रियाकलापहरु यस जात्रा हुने गर्दछ इन्द्रजात्रा काठमाण्डौँमा विशेष धुमधामसित मनाइन्छ भने ललितपुर र भक्तपुर पनि जात्रा गरिन्छ । यो जात्रा भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिन चल्दछ । द्वादशीका दिन हनुमान्ढोकाको अगाडि लिङ्गो / इन्द्रध्वजोत्थापन गरिन्छ। इन्द्रध्वजोत्थापनको अर्थ इन्द्रको ध्वजालाई उठाउनु भन्ने हो । यस दिन र अरू दिन पनि देवदेवीहरूको प्रदर्शन, विभिन्न सांस्कृतिक नाचगानको आयोजना र दीपावलि गर्ने गरिन्छ । चतुर्दशीमा कुमारीको रथयात्रा गर्ने परम्परालाई मल्लकाल देखि चल्दैआएको

जयप्रकाश मल्लले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो 'जीवित देवी श्री कुमारीको रथयात्रा' श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ रथयात्राको अघि–अघि जीवित देवताहरू श्री गणेश श्री भैरवको रथ पनि तानिन्छ जीवित बालिकालाई कुमारीका रूपमा पूजा–आराधना गर्ने चलन काठमाडौंलगायत पाटन, भक्तपुर र अन्य नगरमा पनि छ

इन्द्रजात्राको कथा

लिङ्गो / इन्द्रध्वज

लिङ्गो इन्द्रध्वज, बसन्तपुर
पौराणिक कथा अनुसार, असुरबाट पराजित देवराज इन्द्र विष्णु भगवानको शरणमा पुगनु भएछ विष्णुले इन्द्रलाई यो ध्वजा लिएर युद् गर्न गयौ भने विजयी हुनेछौ भनेर ध्वजा दिएको प्रसङ्ग आउँछ । त्यसपछि इन्द्र विजयी भएको र इन्द्रले असुरमाथि विजय प्राप्त गरेपछि ध्वजाको पूजा तथा उत्सव पनि हुन थालेको भन्ने कथा पाइन्छ ।

इन्द्रजात्रा कथा १

किंवदन्ती अनुसार, स्वर्गका राजा इन्द्रलाई पारिजातको फूल चाहिएको थियो उनकी आमा बसुन्धरा व्रत बसेकी थिइन् यसकै लागि पारिजातको फूल चाहिन्थ्यो इन्द्र झरे काठमाडौंको भीमसेनस्थानतिर त्यहाँ एउटा बगैंचा थियो त्यहीं फूल टिप्न खोज्दा मालीले उनलाई समातिहाले इन्द्रले फूल टिप्न अनुमति लिएकै थिएनन् फेरि ती माली पनि कम्तीका थिएनन् तान्त्रिक थिए इन्द्र जत्तिको देवतालाई पनि सबैले देख्ने गरेर लिंगोमा बाँधेर राखे छोरा नफर्केपछि आमाले ऐरावत हात्तीलाई खोज्न पठाइछिन् इन्द्र समस्यामा रहेछन् आमा आफैं काठमाडौं झरिन् त्यो पनि बौलाहीको वेशमा छोराको स्थिति देखेर उनी छक्क परिन् पछि धानबाली समयमै पाक्ने दिने बचन दिइन् त्यति मात्र नपुगेर मरेकालाई स्वर्ग लान पनि मानिन् अनि आफ्ना छोरालाई स्वर्ग फर्काइन् इन्द्रकी आमाको बचनअनुसार काठमाडौंका खेतबारी राम्रा हुन थाले अनि मरेकाहरू पनि स्वर्ग जान थाले

इन्द्रजात्रा कथा २

देव–दानव मिलेर समुद्रमन्थन गर्दा निस्केका वस्तुहरूमध्ये पारिजात फूलको वृक्ष नेपाल उपत्यकामा रहेको थियो। एउटा ज्यापूले  (किसान) त्यस पारिजात वृक्षको वरिपरि आकर्षक फूलले सुशोभित बगैँचा बनाएका थिए । त्यस बगैँचाको सौन्दर्य देखेर देवराज इन्द्रले नेपाल उपत्यकामा आएर आफूलाई मनपर्ने पारिजातको फूल टिपेर स्वर्गमा लैजाने गर्दथे । त्यस बगैँचाको मालिक किसानले पारिजातको फूल चोरी भएको चाल पाएर फूल चोर्ने इन्द्रलाई एक दिन पक्रिए । इन्द्रले किसानसँग क्षमा मागे ।

किसानले हाम्रा राजा पनि तपाईँको भक्त हुनुहुन्छ, उहाँलाई पनि दर्शन दिएर जानुहोला भनी इन्द्रलाई राजाकहाँ पुर्याए । राजाले इन्द्रलाई आदरका साथ सत्कार गरी भने- तपाईँको दर्शनले म धन्य भए प्रभु भने। मेरा प्रजाहरूले पनि तपाईँको दर्शन गर्न पाउनुपर्छ भनी प्रजाहरूलाई यथाशक्ति धूप, बत्ती, माला लिएर स्वर्गका राजा इन्द्रको दर्शन गर्न आउनू भनी खबर गरे । प्रजाहरू भेला भएर इन्द्रदेवको पूजा गरे ।

यहाँका राजा र प्रजाको भक्तिभाव देखेर प्रसन्न भएका इन्द्रले उनीहरूलाई वरदान माग्न भने । उनीहरूले— हे इन्द्रदेव हाम्रा देशमा आएर हामीलाई दर्शन दिनुभएको आजका दिनलाई हामी महान् पर्व सम्झन्छौँ । यस दिनका स्मृतिमा प्रतिवर्ष आजकै दिन भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण  चतुर्थीसम्म तपाईँका साथै स्वर्गका देवदेवीको स्वागत गर्न पाऔँ भनी वरदान मागे । इन्द्र तथास्तु भनी स्वर्ग गए । यसै वरदानले गर्दा त्यस द्वादशीदेखि चतुर्थीसम्म आठ दिन वर्षैपिच्छे इन्द्रसहित देवदेवीहरू यस उपत्यकामा आइदिने भए ।

इन्द्रको स्वागतका निमित्त विधिवत् ध्वजा–पताकाका साथ लिङ्गो उभ्याई दीपावली गर्ने चल्न चल्यो । पछि स्वर्गका राजा इन्द्र र यस उपत्यकाका राजाको सल्लाहअनुसार अब कलियुगको प्रभाव पर्ने समय आएकाले अबउप्रान्त स्वर्गबाट प्रत्यक्ष रूपमा देवता नआउने, तर नगरमा काठ, ढुङ्गा र धातुबाट देवमूर्ति बनाई आराधना गरेमा ती आठ दिनसम्म ती मूर्तिहरूमा स्वर्गका देवदेवीहरूको प्रादुर्भाव हुने भनी दुवैले परस्पर सम्झौता गरे । त्यसै वेलादेखि नगरवासीहरूले इन्द्रजात्राका आठ दिनका लागि देवमूर्ति बनाई आआफ्ना घरअगाडि स्थापना गरी देवतालाई आह्वान गर्न थाले ।


Reference

1.      Nepal opinion “इन्द्रजात्राको वैदिक र लौकिक तात्पर्य

2.      Kantipur News “मौलिक महोत्सव येँ याः

Comments

Popular posts from this blog

Summer Fiesta 2025 : A Memorable Journey to Chitlang with NATHM

कथा: विरूपाक्ष

Monsoon Trek Diary- Ambassador Himalaya Treks & Expedition