Festival of Udhauli
सभ्यताको प्रारम्भदेखि नै कृषि व्यवसाय मानवजीवनका लागि एक अपरिहार्य पेसाको रुपमा रह्यो। नवपाषाण कालमा फरक फरक अन्न उत्पादन गर्ने पद्धतिको विकास भयो। साथसाथै मानवले सुस्तसुस्त रुपमा घुमन्ते जिवनशैली त्याग्दै आएका थिए। यसबाट नवपाषाण काललाई ' खाद्य उत्पादन अर्थव्यवस्था' भनेर सम्बोधन गरिएको छ।( V.Gordon Childe, Man makes Himself, New York,1951,p.59-62.) त्यसपछि नवपाषाण कालको समय पछि मानवहरु एकिकृत भएर एकैठाउँमा कटेरा, छा प्राहरुमा बसी जीवन बिताउन थाले भन्ने कुरा विद्वानहरूले उल्लेख गरेका छन्। हाम्रो पुर्वीय संस्कृतिले अन्नलाई ठूलो महत्वलको साथ हेरिएको छ। उपनिषदमा " अन्न ब्रह्मेति व्याजानात् " र " स योअन्नं बह्मेत्युपास्ते " भन्दै अन्नलाई देवतातुल्य मानिएको छ। अथर्ववेद ३।२४ मा यसो भनिएको छ ' उपहुता इह गाव उपहुता अजावय:। अथो अव्यस्य किलाल उपहुतो गृहेषु न:।।' यसबाट के अनुमान गर्न मिल्छ भने वैदिक कालबाटै कृषि र पशुपालन मुख्य व्यवसाय थियो। किरातीहरुको उभौली र उधौलीले पनि प्राचीन कृषि व्यवसायलाई नै इङ्गित गरेको छ। किराती वेद मुन्धुम मा कृषिसँ...