Benefit of Kiwifruit

Kiwifruitको उपयोगीता:

नेपालको लागि केही नौलो फल भएता पनि बिकसित देशका लागि निकै लोकप्रिय फल हो जुन स्वास्थ्यको लागी अत्यन्त लाभकारी छ। Actinidin नामक तत्व पाईने भएकोले Kiwifruit ले शरिरको रोगप्रतिरोधीत्मक क्षमता वृद्धि गर्न, उच्च रक्तचाप, मुटु रोगीको लागि अत्यन्त लाभकारी सिद्ध भएको बिभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भइसकेको छ। साथसाथै  Vitamin C, E Potassium पाईने भएकोले अनुहारको छाला (skin) चाउरी पर्नबाट रोकी यौवन स्थिरका साथै पाचन प्रणाली बलियो बनाउनमा ठुलो मद्दत पुर्याउछ। Kiwifruit मा चिल्लो पदार्थ कोलेस्टेरोल नभएकोले अधिक रेसादार भएकोले जनस्वास्थ्यमा चासो राख्नेहरुका लागि अत्यन्त लाभकारी फलको रुपमा लिन सकिन्छ।

 Kiwifruit मा पाईने पोषण तत्वहरू ( पाकेको  प्रति १०० gram फलमा)

Pic:Upadesh Kunwar
  • ·         पानि   ८१. %,
  • ·         घुलनशील पदार्थ  १५%
  • ·         चिनीको मात्रा  १०%
  • ·         अमिलो मात्रा  .%
  • ·         कार्बोहाइड्रेट  १२%
  • ·         पोटिन   %
  • ·         चिल्लो पदार्थ  .%,
  • ·         पोटासियम  ३४० Milligram
  • ·         सोडियम  .४ Milligram
  • ·         क्यालसियम  ३७ Milligram
  • ·         म्याग्नेसियम  २० Milligram
  • ·         फलाम  . Milligram
  • ·         फस्फोरस  २३ Milligram
  • ·         भिटामिन  ( एस्कर्बिक एसिड)  १०५ Milligram
  • ·         भिटामिन  १७५ अाई. यु,
  • ·         क्यालोरी  ५५. अाई. यू



Europe Americaमा सर्वोत्कृष्ट फल भनेर Kiwifruitलाई चिनिन्छ, साथै फलहरूको "राजा फल" "सर्वोत्कृष्ट फल" को उपाधि पाउन सक्षम फल हो Kiwifruit California University, University of Oslo and Purdue University  प्रकाशित गरेको अनुसन्धान प्रतिवेदन अनुसार Kiwifruitमा प्रशस्त मात्रामा Vitamin C, Vitamin B12, Vitamin B6, Iron, एमिनो एसिड, प्रोटिन, जिङ्क, अोमेगा , एण्टि अक्सिडेन्ट तत्व समेत प्रचुर मात्रामा पाइन्छ। जुन हाम्रो शरीरको वृद्धि विकासका लागि ज्यादै महत्वपूर्ण हुन्छ। यस फलको नियमित सेवनबाट मुटु रोग, दम, क्यान्सर, अल्सर, आँखा, छाला सम्बन्धित रोगको उपचारमा समेत मद्दत पुर्याउछ। १०० गाम Kiwifruit बराबर दाना कागती, १७ दाना स्याउ, दाना सुन्तला, कोरा केरा बराबरको हुने Vitamin C लगायत सम्पूर्ण भिटामिन एवं अन्य तत्वहरू यस फलमा एकमुष्ट रुपमा पाइन्छ।
Pic: Chetana Kunwar

खाने तरिका:
राम्रो पाकेको फललाई चक्कुले बिचमा काटेर चम्चाले खान सकिन्छ, ताछेर पनि, वा पाकेको फलको बोक्रा पातलो हुने भएकोले उसिनेको आलु छोडाएर जस्तै गरि छोडाई चानापारेर काट्न सकिन्छ। अन्य फलफूलका टुक्रा सँग मिसाएर सलाद, डेजर्टको रुपमा पनि खान सकिन्छ।


Reference
Thapa Dhan Bahadur, 2069 BS, Kiwifruit Culture, Lumbini Print and Publication pvt. Ltd, Kathmandu, pg 1-5.
s[lif u'? PK;

 http://www.foodnutritiontable.com/nutritions/nutrient/?id=716,  accessed on 15 November 2019

Comments

Popular posts from this blog

Monsoon Trek Diary- Ambassador Himalaya Treks & Expedition

BTTM 20th Batch Adventure Tourism

Summer Fiesta 2025 : A Memorable Journey to Chitlang with NATHM