हनुमानढोका दरबार क्षेत्र : सांस्कृतिक सम्पदाको यात्रा

म, उपदेश एस.जे.बी. कुँवर, नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) को कार्यकारी बोर्ड सदस्य तथा यस कार्यक्रमको संयोजक, यो ब्लगमार्फत हाम्रो सांस्कृतिक सम्पदा पदयात्रा (Cultural Heritage Excursion) कार्यक्रमको अनुभव बाँड्दैछु।

यो कार्यक्रम भदौ ८, २०८२ मा NTDEAको आयोजनामा, हनुमानढोका दरबार संग्रहालयको सहआयोजनामा तथा नेपाल पर्यटन बोर्ड (NTB) को प्रवर्द्धनमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा सम्पन्न भयो।

कार्यक्रमको तयारी र मेरो अनुभव

यस कार्यक्रमको संयोजकका रूपमा मैले सम्पूर्ण नेतृत्व लिन पाएको अनुभव अत्यन्तै सिकाइपूर्ण रह्यो। रिदीप, कृष्ण र राजन सरको टिमसँग समन्वय गर्दै, पत्र लेखेर निमन्त्रणा पठाउने, फ्लेक्स र प्रमाणपत्र डिजाइन गर्ने, र हनुमानढोका दरबार संग्रहालय प्रमुखसँग प्रत्यक्ष समन्वय गर्दै धेरै कुरा सिक्ने अवसर पाएँ। सहभागिता जनाउनुभएको सबैलाई विशेष धन्यवाद! यस कार्यक्रममा हाम्रा संस्थापक अध्यक्ष श्री निराजन तिवारीज्यूको उपस्थिति हुन सकेन । तर उहाँबाट प्राप्त सल्लाह, सुझाव र सहयोग हाम्रो उपसमिति र मेरो लागि अत्यन्त महत्वपूर्ण रह्यो । यसका लागि उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । विशेषगरी, प्रा. डा. सोमप्रसाद खतिवडा, नेपाल पर्यटन बोर्ड, सुनील शर्मा, काजिमान प्याकुरेल सर, NTDEA अध्यक्ष अच्युत सिग्देल र मेरो सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु।


कार्यक्रमका मुख्य आकर्षणहरू

कार्यक्रमको अध्यक्षता NTDEA अध्यक्ष अच्युत सिग्देलले गर्नुभयो। मुख्य आकर्षणको रूपमा, प्रा. डा. सोमप्रसाद खतिवडाले सहभागीहरूलाई हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक दरबार, चौक, मन्दिर, मूर्ति र कलात्मक संरचनाबारे विस्तृत जानकारीसहित गाइडेड टुर सञ्चालन गर्नुभयो। करीब १ घण्टा ३० मिनेट लामो टुरमा सहभागीहरूले दरबार क्षेत्रका इतिहास, कला र सांस्कृतिक सम्पदाबारे गहिरो ज्ञान प्राप्त गर्ने अवसर पाए।

कार्यक्रमको उद्देश्य

NTDEA अध्यक्ष अच्युत सिग्देलका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य:

  • पर्यटन व्यवसायी, गाइड, विद्यार्थी, शिक्षक र सरोकारवाला निकायबीच सम्पदाबारे ज्ञान आदानप्रदान गर्नु

  • सांस्कृतिक पर्यटन प्रवर्द्धन र सम्पदाको सही व्याख्यामा जोड दिनु

  • पर्यटन उद्यमीहरूको क्षमता अभिवृद्धि र पर्यटन उत्पादनमा गुणस्तर सुधार गर्नु

विशेष वक्ताहरूका धारणा

  • काजिमान प्याकुरेल (प्रमुख, हनुमानढोका दरबार संग्रहालय):
    संग्रहालयलाई बेलुकी ५ बजेपछि पनि खोल्ने योजना अघि बढाइरहेको जानकारी दिनुभयो।
    “सही जानकारीसहित पर्यटकलाई मार्गदर्शन गर्न सके, हनुमानढोका क्षेत्र सांस्कृतिक पर्यटन प्रवर्द्धनको उत्कृष्ट गन्तव्य बन्न सक्छ,” उहाँको भनाइ।

  • सुनील शर्मा (officiating director, नेपाल पर्यटन बोर्ड):
    नेपालका गाइड र पर्यटन उद्यमीहरूले सम्पदा, कला, वास्तुकला र धर्मबारे गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।
    उहाँको धारणा अनुसार, स्टोरीटेलिङ (storytelling) प्रविधि र मानव संसाधनमा लगानी नगरी दीगो पर्यटन प्रवर्द्धन सम्भव छैन

UNESCO सम्पदा क्षेत्रबारे जानकारी

कार्यक्रममा सहभागीहरूलाई काठमाडौँ उपत्यकाका UNESCO World Heritage Sitesबारे विस्तृत जानकारी दिइयो। प्रा. डा. सोमप्रसाद खतिवडाले गाइड र पर्यटन व्यवसायीहरूलाई सम्पदाको सही व्याख्या गर्दै पर्यटकलाई अनुभवात्मक ज्ञान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

कार्यक्रमको विशेषता

  • ४८ जना सरोकारवालाहरूको सक्रिय सहभागिता

  • TOUGAN, SOTTO Nepal, Sherpa Tourism Entrepreneurs Association, SANTV, 24hr Tourism Support Nepal, पर्यटन शिक्षक, NATHM, Bhaktapur Tourism Development Committee, Merolagani, Patan Museum, Researchers, and tourism entrepreneurs लगायतका संस्थाहरूको उपस्थिति

  • सहभागीहरूलाई सहभागिता प्रमाणपत्र र विशेष व्यक्तिहरूलाई Token of Love प्रदान

व्यक्तिगत अनुभूति

यस कार्यक्रमले मलाई केवल समन्वय र व्यवस्थापनको अनुभव मात्र दिइएन, सम्पदा संरक्षण र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्ने गहिरो बुझाइ पनि दियो। NTDEAले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ, जसले सम्पदाबारे सचेतना फैलाउनेस्थानीय स्तरमा आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक सम्पदा पदयात्रा केवल एउटा भ्रमण मात्र थिएन, यो इतिहास, कला र संस्कृतिको पुनर्स्मरण थियो। सांस्कृतिक पर्यटन प्रवर्द्धन र सम्पदा संरक्षणमा सरोकारवाला सबैको साझा प्रयास आवश्यक छ भन्ने सन्देश यो कार्यक्रममा स्पष्ट भएको छ।






#upadeshsjbkunwar 
#tourism #NTDEA #CulturalHeritageExcursion
#upadeshkunwor 

Comments

Popular posts from this blog

Monsoon Trek Diary- Ambassador Himalaya Treks & Expedition

BTTM 20th Batch Adventure Tourism

Summer Fiesta 2025 : A Memorable Journey to Chitlang with NATHM