Sunday, November 17, 2019

“Kiwifruit at Zero-Mile

sNof0fL w/fdf kmn]sf]] ;jf]{s[i6 kmn “Kiwifruit”
उत्पति:
दक्षिण पुर्बी चीनको याङ्जे भ्यालीमा पाईएको एक किसिमको बहुउपयोगी फल जसलाई चिनियाँ भाषामा याङ् ताफ(yang tao) भनिन्छ। 1904 AD तिर न्युजिल्यान्डका Isabel Fraser जो Wanganui  girls college का Principal थिए। उनी चीनको Mission Schoolको भमणमा (travel) आएका बेला 1906 AD मा केही बिउ ल्याएर Wanganuiका माली (Alexander Allison)लाई दिएका थिए। 1910AD मा पहिलोपटक उक्त फल त्यहाँ फलाइयो। त्येस समयसम्म yang tao नै भनिथ्यो। फल पाकेपछि Goose Berry को जस्तो बासना आएकोले यसलाई Chinese goose berry भन्न थालियो तर यो goose berry को जातिमा पर्दैन। 1924 AD तिर यसको महत्व बुझियो व्यवसायिक खेती सुरु गरियो तब HAYWARD Wright ले नयाँ जातको छनोट गरी हे-वार्ड (Heyward) नाम राखियो। शुरुमा यिनकै आफ्नो घरको बगैचामा लगाएका थिए 1940 देखि मात्र व्यावसायिक रुपमा खेती गरेका जानकारी पाइन्छ।  न्युजिल्यान्डमा जब ब्यापक रुपमै खेती हुन् थाल्यो तब 1974 AD बाट अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन Kiwifruit न्युजिल्यान्डको राष्ट्रिय फल हो भनी आधिकारिक नामाकरण गरियो।आज विश्व भरि यही नामबाट परिचित छ। 


परिचय:
Actinidiaceae परिवारमा पर्ने, Actinidia deliciosa वैज्ञानिक नाम, English मा Kiwifruit भनिन्छ। नेपाली भाषामा यसको नामकरण भएको छैन। बोट लहरा जाने, पानको आकारको बाक्लो फराकिलो पात भएको, धेरै छिटो बढ्ने फल झुसिलो रौं भएको खैरो रंगको कुखुराको अण्डा आकारको, झट्ट हेर्दा केही पनि आकर्षक नदेखिने तर फललाई काटेर हेर्दा छुट्टै आकर्षक देखिन्छ भने फलको गुण त्यत्तिकै विशिष्ट पूर्ण छ।  फल भित्रको आकृति: पाकेको फललाई चाहना पारी काटेर हेर्दा हल्का हरियो रंगको गुदीमा पृष्ठभूमि गोलो घेरामा पङ्क्तिबद्व मिलेर बसेका मसिना काला बिउहरु बिच भागबाट सेता धर्साहरु छरिएका अतिनै आकर्षक देखिन्छ।

नेपालमा Kiwifruit:
नेपालमा Kiwifruit को बारेमा केही पनि खासै अध्ययन अनुसन्धान भएको पाईदैन। नेपालको गन्डकी प्रदेशको म्याग्दी, बाग्लुङ्ग पहाडी भेगमा पुर्वको ताप्लेजुङ्गको पहाडी भेगको जंगलमा Kiwifruit संग मिल्दोजुल्दो ( पात बोट) एक वनस्पति पाइन्छ। त्यहाका स्थानीय बासिन्दाहरुले गोठालो जाँदा नुन, हरियो खुर्सानी ढुङ्गामा पिसेर यस फलसँग साधेर खाने गरेको कुरा सुनाउँछन्। साथै जंगली भालुले एकदमै मन पराएको स्थानीय बासिन्दाको भनाई रहेको छ। स्थानीय भाषामा यसलाई ठेकिफल भनेर चिनिन्छ। उक्त वनस्पतिलाई किर्तिपुर बागबानी केन्द्रले यसमाथि अध्ययन अनुसन्धान गरिरहेको छ। 

Kiwifruit in Nepal:
नेपालमा Kiwifruit ले कहिलेबाट भित्रियो भन्ने आधिकारिक तथ्यांक एकिन नभएतापनि सर्वप्रथम दोलखा जिल्लाको चरिकोट जिरीमा तत्कालीन स्वीस प्रविधिक सहयोग नियोग (SATA) अन्तर्गत संचालित कार्यक्रम बि. २०३६/३७ साल तिर स्वीसहरू द्वारा भित्रिएको नै पहिलो तथ्यांक हुनुपर्दछ। त्यसपछि जापान सरकारको सहयोगमा संचालित बागबानी बिकास आयोजना, किर्तिपुर बि. २०४३/४४ मा केही जातका बिउ बिरुवा परिक्षणका लागी भित्रिएको पाइन्छ। नुवाकोटको ककनीमा जापानी स्वयंसेवक संस्था (जाईटी) परिक्षणका लागि लगाए। बि. २०५५/५६ ICIMOD गोदावरीमा India को हिमांन्चल प्रदेश, कुल्लुबाट Kiwifruit ल्याई मकवानपुर बागबानी केन्द, दामनमा व्यावसायिक खेती गरियो।
व्यक्तिगत प्रयासमा तत्कालीन प्रधानमन्त्री नागेन्द्रप्रसाद रिजालले बुढानिलकण्ठ स्थित आफ्नो बगैचामा व्यवसायिक खेती गर्नु भएको छ। हाल ललितपुरको बर्जबाराही, काभ्रेपलाञ्चोकको, पात्लेखेत, फस्कोट, बनेपा, सुब्बा गाउँ, चौबास, दोलखा जिल्लाको बोच, जिरी, सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँहरूमा, काठमाडौंमा, भक्तपुरमा, पुर्वमा इलाम दोलखा जिल्लाको बोच मा सरकारी स्तरमा बागबानी केन्द्रको रुपमा विरुवा उत्पादन गर्ने ३०० टन क्षमताको Kiwifruit storage बनाईदैछ


नेपालमा महँगो मूल्य पर्ने फलफूल मध्ये Kiwifruit पनि पर्दछ। महँगो मूल्य पर्ने भएकोले यो फलको प्रयोग कर्ता नेपालीहरू भन्दा विदेशीहरु नै बढि देखिन्छ। Kiwifruit को मिश्रित सुगन्धित बासना अधिकतम औषधियुक्त गुण भएकोले उपभोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ।

Reference

Thapa Dhan Bahadur, 2069 BS, Kiwifruit Culture, Lumbini Print, and Publication Pvt. Ltd, Kathmandu, pg 1-5.
 http://www.foodnutritiontable.com/nutritions/nutrient/?id=716,  accessed on 15 November 2019.
pic : Upadesh Kunwar

No comments:

Post a Comment