Saturday, February 9, 2019

Homestay

पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा लाइ हाेमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट कार्यान्वयनमा आउन थाले पछि स्याङ्जा जिल्लाको सिरुबारीमा बेलायती सेनाका सेवानिवृत्त क्याप्टेन रुद्रमान गुरुङले सुरुवात गरेपछि नेपालमा होमस्टेको सुरुवात भएको मानिन्छ । यसको प्रभाव स्वरुप लमजुङ जिल्लाको घलेगाउँ हुदै होमस्टे अहिले देशव्यापी रुपमा फिँजिएको छ ।
विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा देखि विश्वकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका भएको प्रदेश एक ग्रामिण पर्यटनले भरिपूर्ण छ । चीन र भारतको बिच भागमा रहेको प्रदेश एक पर्यटनको प्रमूख गन्तव्य हो । अन्य प्रदेशको तुलनामा प्रदेश एक मा आउँने पर्यटक होटलमा मात्र हैन धर्म संस्कार र संस्कृति तथा आफ्नै पहिचान र परम्परामा रम्न तथा आइजेनिक खानेकुरा खान पर्यटकको प्रमुख रोजाई बनेको छ होमस्टे ।

No comments:

Post a Comment