मुस्कानको साथ

नेपाल सानो छ तर स्वर्ग छ
अल्प छ तर आँखो छ
छुट्टा छ तर आफैंमा विश्व छ
             लक्ष्मी प्रसाद देवकोटा
साच्चैं नै विश्वका सम्पूर्ण देशहरूमा पाइला टेक्न सफला होउँला!  यो  विविधताले भरिपूर्ण भूगोलमा बिलाउने सानो टुक्रा मुलुकलाई बुझ्न केवल एक यात्रामा काफि नहुन् सक्छ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारलाई छिचोल्दै, टिपेनी, धाप, भोताङ, नोस्याम हुदै पाँच पोखरीको पथ यात्रा गर्न सकिन्छ। मेरो पथ यात्राको सुरुवात भएको थियो ९ कातिक २०७५ बाट!! 
भौगोलिक विविधता परम्परागत तामाङ्ग जिवन शैली, ध्वजा झण्डा,  माने भन्ज्याङ, खोला, झरना, वनजङ्गल, वन्यजन्तु सँगै मुस्कुराउँदै हामीलाई नियाली रहेको जुगल हिमाल र दोर्जे लाक्पा हिमालका टाकुराहरु।  यस्तै प्रकारका प्रकृतिक सुन्दरताले भरिपूर्ण छ पाँच पोखरी पथ यात्रा र मुस्कान आङ्गीको लाखौंमा खरिद गर्न नसकिने मुस्कानहरु!! 
राजधानी शहरबाट केही घण्टाको दुरीमा विज्ञान र प्रविधिबाट कोसौ टाढा मुस्कानको गाउँघर छ। प्रविधि भन्दा टाढा पक्कै छ तर माया, ममता, स्नेह, आत्मियतामा कुनै कमि छैन उनिहरूको घर-आँगनमा। मुस्कान र डालिमाले मुस्कानको बदलामा मुसुक्क मुस्कुराउँदै मुस्कान नै फिर्ता गर्छन्।  सहरमा घण्टै-घण्ट मोबाइलमा समय बिताउने मोबाइल जेनेरेशन हामी थोरै समय मुस्कान र डालिमा सँग समय बेत्ति गर्दागर्दै कतै हामी स्वर्ग मै गएर अप्सराहरूसित गाएको, खेलेको, नाचेको अनुभव ३७०० मिटर माथि उनिहरूले दिलाए। मुरी-मुरी धन्यवाद नानीहरू। उनिहरूको जिवन देखेर प्रकुति दिनहुँ  डाह गर्दछिन् र त घनिष्ट साथी सम्झेर आफ्नो काखमा डुल्न, खेल्न, नाच्न, गाँउन दिन्छिन्। 
यात्रालाई पछाडी फर्केर हेर्दा यात्राको सम्झना लायक पलहरुमा नोस्याम पाटिका नानीहरू र खर्कको आले कै वरिपरि रुमलिन्छ पाँच पोखरी पथ यात्रा र बाटो बिराएर २०७२को भुकम्पले गएको पहिरोको बिर्सन नसकिने कठिन बाटोहरूको हिडाई। खोला छेउमा बनाएको कफि, चिउरा दालमोट, नुथला डाडाँको स्वादिष्ट ढिडो-आचार, हिउँ, मुनाल, यि नै हुन् पाँच पोखरी यात्राका यादहरु।

                मुस्कानको आन्ग्गी, नोस्याम पाटि ३७०० मिटर, फोटो उपदेश
नाम मुस्कान , नोस्याम पाटि, फोटो उपदेश
मुस्कान, डालिमा, र  सानोआन्ग्गी
मुस्कान र जुगल हिमाल, हाम्रो झोला
सान्ग्गी सग पाठो

Comments

Popular posts from this blog

FIELD TRIP REPORT - Group: C 'BTTM 22nd Batch'

Summer Fiesta 2025 : A Memorable Journey to Chitlang with NATHM

Konjyosom Hiking Diary: Nature, Culture, and Tamang Trails