हाम्रो कमर सम्म आउने हिउँले ढाकिएको खुर्पुभन्ज्याङले हामीलाई बोलाईएको थियो। उसै त मलाई adventurous activities ले छिट्टै तान्छ। झन यो ठाउँमा पुगेपछि मन नलोभिने कुरै भएन। साच्चै लोभलाग्दो थियो, दृश्य।
मेरा पैताला बिस्तारै बिस्तारै अघि बढे गिन्ती गरेर एक घण्टा पैदल बराबर ७०/७५ पाइलाहरू। फेरि एक मनले सोच्छु, होइन खुर्पुभन्ज्याङ काट्न सकिन्न कि के हो? हिउँको यात्रा एकदमै रमाइलो रह्यो सुरुवातका १२० मिनेट जति, यस समयको हाम्रो अनुभव' हिउँसँग खेल्न, फोटो खिच्न, हिउँमा दैड्न, लडिबुडी गर्न असाध्यै रमाइलो भन्नुपर्दा; वर्षै विदेशीएर फर्केको प्रेमीलाई स्वागत गर्न airport पुगेकी प्रेमीका जस्तै।'
जति उकालो लाग्दैछ गयो हिउँ जुत्ता भन्दा माथि हुँदा हुँदै घुँडा सम्म त ठिकै थियो। जब कम्मर भन्दा माथि त्यो पनि हाम्रो बिक्रम कार्की जिको!!! (यो हिउँको उचाई हाम्रो सोचाई भन्दा धेरै माथिल्लो स्तरको थियो। किनकि काठमाडौंमा हुँदा नै हिउँ परेको हामी सबै यात्रीहरू लाई थाह भैसकेको थियो र तयारी त्यसै अनुसार भएको थियो। काठमाडौंबाट जाँदै गर्दा रसुवाको गोल्जुङ भन्ने गाँउमा हामीलाई हिउँ झरेर स्वागत गरिन्। बस आफ्नो गतिमा गुडिरहेको छ गन्तव्यमा पुग्नको लागि, हामी बसको झ्यालबाट आ-आफ्नो मोबाइल र क्यामेरा निकालि भिडियो फोटोहरु कैद गर्दै छौँ। लगभग ४०/५० मिनेटको हिमपात त्यसपछिको हाम्रो आजको गन्तव्य स्थल आहा कति राम्रो सज्जेकी!! "आमाछेदिङ्मो"।)
यतिबेला सम्म हामीले लगभग ५ घण्टाको हिउँ-पैदल यात्रा सम्पन्न गरेका थियौं। आखिर यस्तै Adventure त हुन् डरलाई जित्न सिकाउने। जिन्दगीमा हिक्मत जुटाउन सघाउने,अनि डरलाई जित्दै अघि बढ्न हौसला दिने, हिउँ कम्मर भन्दा माथि आएर टक्क अडिए।
No comments:
Post a Comment