पाँच पोखरी पत्तालागेको आधार
शिलालेखा पाँच पोखरी, फोटो उपदेश कुँवर महादेव अलप हुनुभयको ठाउँ, शिब मन्दिर , फोटो उपदेश कुँवर पाँच पोखरी स्नान गर्ने कुण्ड, पाँच पोखरी, फोटो उपदेश कुँवर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पशिचम जुगल गाँउपालिका वडा ३ को करिब ४२०० मिटर उचाईमा रहेको यो तिर्थस्थल आज भन्दा अन्दाजी २३२५ वर्ष अगाडी प्रख्यात शिकारी वुम्वा रुवा वाइवा सिकार खेल्दै हाल पाँच पोखरी तिर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडी धान खेति गरिरहेको देखे, यो के अचम्म हो यस्तो हिउ पर्ने ठाँउमा पनि खेति गर्ने को होला भनि छेउमा जाँदा धान खेति गर्ने मध्येका लोग्ने मानिस (महादेव) ले शिकारी वुम्वा रुवा वाइवालाई देख्ने बितिकै सम्पूर्ण धान खेति गर्ने सम्पूर्ण खेताला यसै पाँच पोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन। यो द्र्ष्य देख्ने पहिलो व्यत्ति वुम्वा रुवा वाइवालाई यस्तो अचम्मको द्र्ष्य देख्दा अचम्म लागेको यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाई गरेको हुनुपर्छ भनि मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो शिकारी कुकुरलाई लगा...