देवीहरूको कथा : शक्ति, आस्था र प्रेरणा
हाम्रो संस्कृतिमा देवीहरू केवल पूजा गर्ने पात्र मात्र होइनन्, उनीहरू जीवनका विभिन्न पक्षहरूको प्रतीक हुन्। कहिले शक्ति, कहिले ममता, कहिले विद्या र कहिले धैर्य। आज हामी लक्ष्मी, सरस्वती, पार्वती, दुर्गा र काली माताका केही अद्भुत कथाहरू सम्झनेछौं। काली माता : नकारात्मक शक्तिको अन्त काली माता भन्नासाथ धेरैलाई तन्त्र-मन्त्र र जादूसँग जोडिन्छ। तर काली माता वास्तवमा हाम्रो भित्र लुकेका डर, असुरक्षा र नकारात्मक सोचलाई हराउने शक्ति हुन्। पुराणमा रक्तबीज नामको असुरको कथा छ। उसको शरीरबाट खस्ने हरेक रगतको थोपा जमिनमा पर्दा नयाँ असुर जन्मिन्थ्यो। जसलाई मार्न देवता असमर्थ भए। अन्ततः काली माताले आफ्नो कटोरा र खड्ग लिएर युद्ध गरिन्। रगत जमिनमा नपरोस् भनेर सबै आफ्नो कटोरामा संकलन गरी असुरलाई पराजित गरिन्। यही कारण काली मातालाई शक्तिशाली र भयरहित देवी मानिन्छ। उनको तस्वीरमा देखिने बाहिरी रूप : नरमुन्डको माला, हातमा खड्ग र कटोरा, र शिवजीको छातीमाथि पाइला राखेर बाहिर निस्किएको जिब्रो, यी सबै प्रतीक हुन् कि कहिलेकाहीँ हामी पनि आफ्नै क्रोध, डर र दुःखमा हराउँछौं। तर अन्ततः काली माता जस्तै आत्मस्मरणले हा...