फागु पूर्णिमा वा होली

शिशिर ऋतुुुको समाप्ति र वसन्त ऋतुको आगमन सँगै मनाइने रमाइलो पर्व हो फागु ( #होली )। #वसन्तोत्सव , #ढुरहेरी , #होरी , होली, #फाल्गु , #फागुपूर्णिमा , #मदनोत्सव #पटवास_विलासिनी आदि विभिन्न नामले परिचित रङ्गीन हर्षपरक पर्व नै फागु( #होली ) हो। मिमासा दर्शन, लिङ्गो र वराह पुराणमा पनि फागुपूर्णिमाको उल्लेख छ। फाल्गुन शुक्ल अष्टमीको दिन चीरोत्थान गरेर ८ दिनसम्म यो पर्व मनाउने चलन काठमाडौंमा छ। तराई-मधेसका प्राय: सम्पुर्ण समुदायको दाजुभाई दिदीबहिनीहरु हर्ष उल्लास सहित सहभागीता हुन्छन्। तराई-मधेसमा पहाडको होली भन्दा एकदिन पछि यो पर्व मनाउने परम्परा रहेको छ। यस पर्वमा हर्ष सहित रङ्गीन पानी छ्याप्ने, अबिर हावामा उडाउदाँ वातावरण नै रोमान्चित हुन्छ, सुगन्धित चुुुुर्ण दलेर मनोरञ्जन गर्ने, रसिक गितहरु र भगवानको भजन गाउने चलन छ। पौराणिक आख्यान, स्थानीय विश्वास, मनोरञ्जन र पर्यावरण सम्पुर्ण सँग कुनै न कुनै रुपमा फागु पर्व गाँसिएको छ। आयुर्वेदले। चन्दन, अमला, बेसार, मेहेन्दी, मह, दही, साथै विभिन्न माटोको लेपनलाई गुणकारी पदार्थको रुपमा ब्याख्या गरेक...